ढाकाकुमार श्रेष्ठको ठाउँमा एसिड पीडित विन्दबासिनीलाई सांसद बनाउँदै रवि


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको छ ।

२ करोड अडियो काण्डमा उनको नाम मुछिएपछि पार्टीले साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको हो । सो पार्टीका सभापति रवि लामिछानेले ७२ घण्टाभित्र कारबाही गर्ने र नगरे गढीमाई मन्दिरमा बली चढाउनुहोला भन्ने अभिव्यक्ति दिएका थिए ।

सो पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ । विन्दबासिनी एसिड पीडित हुन् ।

बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले बैठकमा श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नो नभएको जिकिर गरेको बताए ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टी कार्यालय बसेको केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी निष्कासित गरेको हो ।

प्रकाशित : २०७९ चैत्र २९, बुधबार १९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ