सिरहामा प्रहरी भ्रष्ट बनेको भन्दै माओवादी कार्यकर्ताद्वारा राजमार्गमा प्रदर्शन


सिरहा । माओवादीका स्थानीय नेता कार्यकर्ताले मिर्चैयामा प्रहरीविरुद्ध चक्काजाम गरी प्रदर्शन गरेको छ । आज ५ बजे उनीहरूले १५ मिनेट चक्काजाम गरी प्रदर्शन गरेका हुन् ।

प्रहरीमा भ्रष्टाचार बढेको, प्रहरीले घुसविना काम नगर्ने गरेको, विचौलियामार्फत् घुस उठाउने गरेको, जनताप्रति उत्तरदायी नभएको आरोप उनीहरूको छ ।

हिजो मात्रै अख्तियारले मिर्चैयाबाट मुद्दा फाँटमा कार्यरत असई सचिन कुमार भदैसवारलाई ९ हजार घुससहित पक्राउ गरेको थियो ।

प्रकाशित : २०८० बैशाख १, शुक्रबार १८:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ