बारा २ मा उपेन्द्र यादवलाई मधेश प्रदेशका स्वतन्त्र सांसद जयसवालको समर्थन


जनकपुरधाम । मधेस प्रदेशका स्वतन्त्र सांसद प्रमोद जयसवालले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जसपाबाट उम्मेदवारी दिएका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन् ।

बारा क्षेत्र नम्बर ३ (१)बाट निर्वाचित सांसद जयसवाले विज्ञप्ति जारी गरेर उम्मेदवार यादवलाई समर्थन गरेका हुन् ।

उनले उम्मेदवार यादवलाई मतदान गर्न बारा २ का जनतासँग अपिल समेत गरेका छन् ।

मधेश आन्दोलनको नेतृत्व गरी मधेसका सवालहरू सम्बोधन गराउन र देशमा संघीयता स्थापित गराउन अतुलनीय योगदान गरेको र नागरिकता लगायतका समस्या समाधानका लागि जसपा अध्यक्ष यादव संसदमा पुग्नुपर्ने सांसद जयसवालले उल्लेख गरेका छन् ।

प्रकाशित : २०८० बैशाख २, शनिबार १८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ