Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

मिटरब्याज आन्दोलनका अगुवा गुप्ता पीडितहरूबाटै कुटिए !

टुडे खोज लेखक टुडे खोज
बैशाख २५, २०८०, ४:४६ PM
0
मिटरब्याज आन्दोलनका अगुवा गुप्ता पीडितहरूबाटै कुटिए !

काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संस्थापक अध्यक्ष रामसुरत गुप्ता पीडितहरुबाटै कुटिएका छन् । हिजो उनलाई जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन जाने क्रममा पीडितहरुले हातपात गरेका हुन् ।

गत बैशाख १४ गते मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन पीडितहरुलाई आह्वान गरेको थियो । बैशाख १७ गतेदेखि ३१ गतेसम्म जिप्रकामा सहायता कक्षा स्थापना गरिएपछि पीडितहरुले धमाधम निवेदन दिन थाले । यसले काठमाडौंमा आन्दोलनरत पीडितहरुमा विभाजन आयो ।

चैत २० गतेदेखि काठमाडौंमै धर्नामा बसिरहेका पीडितहरुमध्ये केही निवेदन दिन जिल्ला फर्किए भने अरु यतै रहे । संघर्ष समितिका संस्थापक अध्यक्ष रामसुरत गुप्तालगायत पीडितहरु जिल्ला फर्किएका थिए । उनैको नेतृत्वमा २०७७ साल भदौबाट नवलपरासीका सुस्ता र प्रतापपुरबाट आन्दोलन उठेको थियो ।

गुप्तामाथि जिल्ला प्रशासन कार्यालय परासीमा निवेदन दिन जाँदा हिजो हमला भएको हो । पीडितहरु नै उनीमाथि जाइलागेका थिए । सीडीओ कार्यालयअघि नै हातपातको शिकार भएका गुप्ता आफूलाई नियोजित आक्रमण गरिएको बताउँछन् । गुप्ताको दाबीअनुसार उक्त हमला मिटरब्याज पीडितहरुको नेतृत्व गरिरहेका निर्ग नवीन र मनोज खतिवडाको निर्देशनमा भएको हो ।

उनले भने, ‘अस्ति २० गते काठमाडौं आन्दोलनमा गएको थिएँ । तर, अहिले छोरीको विवाह छ । त्यसैले गाउँ आउनुपर्ने भयो । साथै जिल्ला प्रशासनमा निवेदन पनि दिनुपर्ने थियो । त्यसैले गाउँ आएँ । तर, निवेदन दिन जाँदा म र अन्य दुईजना पीडितमाथि निर्ग नवीन र मनोज खतिवडाको निर्देशनमा अरु पीडितहरुले हमला गरे । सीडीयो कार्यालयअघि नै ममाथि हातपात गरे ।’

मिटरब्याज पीडितहरुको आन्दोलनमा जे खेला भयो, त्यसरी हुँदैन भन्ने मत राख्दा आफूमाथि नियोजित रुपमा हमला भएको उनको भनाइ छ । गुप्ताको दाबीअनुसार अहिले पीडितहरुलाई लिएर निर्ग र मनोजले पार्टी खोल्नतिर लागेका छन् । त्यसमा आफूले समर्थन नगरेको उनले बताए ।

गुप्ताले भने, ‘यी दुईजनाले हामीलाई फुटबल बनाइदिएका छन् । यो सबै उनीहरुको खेला हो । मिटरब्याज पीडितलाई लिएर पार्टी खोल्न खोजेका छन् । त्यो पार्टीमा हाम्रो समर्थन छैन । उनीहरु त पीडितको समस्या हल गर्नतिर लाग्नुपर्ने थियो । तर, उनीहरुले समस्यामाथि झनै समस्या थपिदिएका छन् ।’

सम्बन्धित समाचार

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

मञ्जु खाण मोबाइल अफ गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

मञ्जु खाण मोबाइल अफ गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

भ्रष्टाचार विरोधमा बोल्ने साँसद अमरेशविरुद्ध नै कांग्रेस नेताद्वारा अख्तियारमा उजुरी

भ्रष्टाचार विरोधमा बोल्ने साँसद अमरेशविरुद्ध नै कांग्रेस नेताद्वारा अख्तियारमा उजुरी

मधेशका किसानसंग कृषिमन्त्रीको अपिल- ८० प्रतिशत अनुदानमा कृषि विमा गराऔं

मधेशका किसानसंग कृषिमन्त्रीको अपिल- ८० प्रतिशत अनुदानमा कृषि विमा गराऔं

मधेस र लुम्बिनीका मुख्यमन्त्रीलाई गृहमन्त्रीको फोन, नाकामा कडाई गर्न निर्देशन

विशेष खुलासा : नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री खाँण तानिए

सप्तरी नापीका प्रमुख सर्वेक्षक ठाकुर र लेखनदास यादव घुस रकमसहित पक्राउ

महोत्तरी जिल्ला प्रहरीका लेखापाल दुईलाख रुपैयाँ घुससहित पक्राउ

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध