Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

न्याय माग्दै बिनु यादव फेरि सडकमा

टुडे खोज लेखक टुडे खोज
बैशाख २९, २०८०, ५:२६ PM
0
न्याय माग्दै बिनु यादव फेरि सडकमा

काठमाडौं । आफ्नै प्रेमी (प्रदीप कठायत) र काका ससुरा पवन कठायतबाट बलात्कृत भएको भन्दै आन्दोलित भएकी बिनु यादवले आमरण अनशन सुरु गरेकी छिन् । उनी तीन दिन देखि बसन्तपुर दरबार परिसरमा अनशन बसेकीछिन् ।

प्रेमीको दबावमा गर्भपतन गराएर २० चैत २०७५ मा शल्यक्रिया गराएकी यादव २४ चैतमा प्रेमीबाटै बलात्कृत भइन् । अप्रेसन गरेर बेड रेष्टमा रहेको अवस्थामा प्रेमि प्रदिप कठायतबाट बलात्कृत भएको भन्दै पहिलोपकट उनी २९ वैशाख २०७६ मा प्रहरी वृत्त कालीमाटीको महिला सेल पुगेकी थिइन् ।

तर, प्रहरीले १९ जेठमा बलात्कारको उजुरी लिएर आएकी पीडित र पीडकबीच मिलापत्र गराएर पठायो । गर्भपतन र अप्रेशनको दोहोरो पीडाले रन्थनिएकी यादवलाई प्रहरीले मिलापत्रको कागज पढ्न समेत नदिइ हस्ताक्षर गरायो ।

मिलापत्रपछि जस विरुद्ध उजुरी लिएर गएकी थिइन् उनैसँग विवाह गर्नुपर्‍यो यादवले । विवाहपछि रामेछापको मन्थलीस्थित घरमै बन्धक बनाइएकी यादवमाथि ७ वैशाख २०७९ मा उनकै काका ससुरा (पवन कठायत)ले बलात्कार प्रयास गरे ।

तर, रामेछाप प्रहरीले पनि यादवको उजुरी लिएन । उजुरी नलिएपछि प्रहरी मुख्यालय नक्साल पुगेर गुनासो गरेको तीन महिनापछि १५ असार २०७९ मा यादवको उजुरी दर्ता भयो ।

उजुरी दर्ता भएपनि मुद्धाको सुनुवाई प्रभावकारी हुन नसकेको भन्दै उनी ५ बुँदे माग राखेर आमरण अनशन बसेकी हुन् । न्याय माग्दै उनी यस अगाडि पनि बारम्बार सडकमा ओर्लिएकीछिन् ।

१३ मंसिर ०७९ मा उनले सर्वोच्च अदालतको मुल ढोकामा प्रर्दशन गरेकी थिईन् । ३ फागुन ०७९ मा उनले संसद भवन अगाडि समेत प्रर्दशन गरेकी थिईन् । बलात्कारपछि अन्यायपूर्वक विवाह गराएको र त्यसरी नै सम्बन्ध बिच्छेद गराएको भन्दै उनले ७ वैशाख ०७९ मा रामेछाप जिल्ला अदालतका न्यायाधीश बद्रिप्रसाद ओलीको इजालसमा विष पिएकी थिईन् ।

आफूले न्याय नपाएको बताउँदै अनशन बसेकी उनले ५ बुँदे माग राखेकीछिन् ।

उनले बलात्कारको उजुरी फिर्ता लिन लगाउने प्रहरीलाइ कारबाही हुनुपर्ने । बलात्कारको हदम्याद गुजार्न बिवाह गर्ने प्रदिप कठायत र आफ्नो मञ्जुरीबिना सम्बन्ध विच्छेद गराउने रामेछाप जिल्ला अदालतका तत्कालिन न्यायाधीश बद्रिप्रसाद ओलीलाई कारबाही हुनुपर्ने ।

आफूमाथि बारम्बार बलात्कारको प्रयास गर्ने पवन कठायतलाई सजाय हुनुपर्ने । यसका साथै उनले आफ्नो मुद्धामा कमजोर अनुसन्धान गरिएकाले सुरुदेखि अनुसन्धान हुनुपर्ने माग पनि राखेकीछिन् ।

सम्बन्धित समाचार

मञ्जु खाण मोबाइल अफ गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

मञ्जु खाण मोबाइल अफ गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

नेपाली पाँच सय र हजारका नोट बन्द ?

नेपाली पाँच सय र हजारका नोट बन्द ?

भ्रष्टाचार विरोधमा बोल्ने साँसद अमरेशविरुद्ध नै कांग्रेस नेताद्वारा अख्तियारमा उजुरी

भ्रष्टाचार विरोधमा बोल्ने साँसद अमरेशविरुद्ध नै कांग्रेस नेताद्वारा अख्तियारमा उजुरी

मिटरब्याज आन्दोलनका अगुवा गुप्ता पीडितहरूबाटै कुटिए !

मिटरब्याज आन्दोलनका अगुवा गुप्ता पीडितहरूबाटै कुटिए !

पर्सा प्रहरीले छापा मारेर २२ किलो सुन बरामद गर्यो, अनुसन्धान जारी

५४ तोला सुनसहित दुई जना पक्राउ

मधेशका किसानसंग कृषिमन्त्रीको अपिल- ८० प्रतिशत अनुदानमा कृषि विमा गराऔं

मधेशका किसानसंग कृषिमन्त्रीको अपिल- ८० प्रतिशत अनुदानमा कृषि विमा गराऔं

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध