जब कारागारमा छोरो भेट्न गएकी आमासँग ब्राउन सुगर भेटियो…


धनगढी । कैलाली कारागारमा लागु औषध मुद्दामा कैद भुक्तान गरिरहेका छोरालाई भेट्न गएकी एक आमा ब्राउन सुगरसहित पक्राउ परेकी छिन् ।

धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने ५० वर्षीय कमलादेवी अवस्थीलाई कारागारभित्रै चेकजाँचका क्रममा ५ ग्राम ४० मिलिग्राम ब्राउन सुगर फेला परेसँगै उनलाई प्रहरीले आज पक्राउ गरेको हो ।

अवस्थीका छोरा २१ वर्षीय ओमप्रकाश अवस्थी कैलाली कारागारमा लागु औषध मुद्दामा कैद भुक्तान गरी रहेका छन् ।

कारागार सुरक्षार्थ खटिएका प्रहरीले चेकजाँच गर्ने क्रममा बिस्कुटको प्याकेट भित्र ब्राउन सुगर भेटाएको हो । लागु औषध ओसारपसारमा संलग्न उनकी बुहारी अर्थात् ओमप्रकाशकी श्रीमतीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

दुवै माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० असार १०, आईतवार १९:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ