लहान नगरपालिकाले ल्यायो १ अर्ब १६ करोड २२ लाखको बजेट


सिरहा । जिल्लामै सबैभन्दा ठूलो २४ वडा रहेको लहान नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि १ अर्ब १६ करोड २२ लाख ८ हजार रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेको छ ।

नगरपालिकाको १२ औं नगरसभाले ‘हाम्रो लहान–सुन्दर, समुन्नत र सभ्य लहान’ नारालाई मूल मन्त्रको रुपमा लिँदै नगरको विकासमा पाइला अगाडि सार्ने जमर्को गरेको नगरप्रमुख महेश प्रसाद चौधरीले बताए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख चौधरीले पूर्वाधार एवं सहरी विकास, कृषि तथा सिँचाइ लगायत आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्‍याउन स्थानीय उत्पादनलाई बढावा दिनेगरी बजेटमा समेटिएको जानकारी दिए ।

त्यसका लागि कृषिमा यान्त्रिकीकरणको लागि नगरपालिकाभित्रका किसानहरुलाई सहुलियत दरमा कृषि उपकरणहरुको सेवा उपलब्ध गराउन कस्टम हाइरिङ सेन्टर स्थापना गरिने उनले जानकारी दिए ।

यसैगरी सिरहाका १७ पालिकामध्ये ११ वटा पालिकाले आइतबार नगर तथा गाउँ सभा गरेका छन् । सिरहा नगरपालिका, सुखिपुर, कर्जन्हा नगरपालिका, अर्नामा गाउँपालिकाले यसअघि नै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका थिए ।

प्रकाशित : २०८० असार ११, सोमबार ०८:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ