सप्तरी : श्रीमतीको हत्या गरेको आरोपमा चौधरी पक्राउ


सप्तरी । आफ्नै श्रीमतीको ३२ वर्षीया किरण कुमारी चौधरीको हत्या गरेको अभियोगमा सम्भुनाथ नगरपालिका-५ मोहनपुर बस्ने ईनरदेव चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खाना खाई आफ्नो कोठामा सुतेकी किरण कुमारी बेहोस अवस्थामा फेला परेको र तत्काल उपचारको लागि कठौनास्थित कृष्ण अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी चौकी कठौना र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले ईनरदेवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०८० असार २१, बिहीबार १४:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ