स्काई डाइभिङमा कीर्तिमान राख्न ४१ व्यक्तिले यसरी विमानबाट हामफाले


स्काई डाइभिङ विश्वभर निकै नै साहसिक खेल मानिन्छ । विमानबाट हाम फाल्ने र प्यारासुटको माध्यमबाट जमिनमा अवतरण गर्ने कार्य नै स्काई डाइभिङ हो ।

यसरी विमानबाट हाम फाल्ने र जमिनमा प्यारासुटको माध्यमबाट अवतरण गर्ने व्यक्तिलाई स्काई डाइभर भनिन्छ । यो कार्य गर्न स्काई डाइभरले निकै नै अभ्यास गरेका हुन्छन् ।

विश्वमा स्काई डाइभिङ गर्दा कयौँ मानिसले ज्यान समेत गुमाएका छन् । यसबीचमा बेलायतका स्काई डाइभरहरूले भने कीर्तिमानी राख्नका लागि सामूहिक स्काई डाइभिङ गरेका छन् । एकैपटक ४१ बेलायती स्काई डाइभरले विमानबाट हाम फालेर फ्रि–फल गरेका हुन् ।

उनीहरूले नटिंघमशायरको आकाशमा फ्रि–फलिङको नयाँ किर्तिमानसमेत बनाए । उनीहरूले विमानबाट हाम फालेपछि तीनपटक संगठित भएर एकअर्काको हात खुट्टा पनि पक्रिएका थिए । उनीहरूले आकाशबाट खस्दै गर्दा तीनपटक आकार पनि निर्माण गर्न सफल भए ।

लगातार तीनपटक आकाशबाट खस्दै गर्दा आकार दिन सफल भएपछि बेलायतमा उनीहरूले देशको पूर्व कीर्तिमानी भंग गरे । जुन उनीहरूकै समूहले बनाएको थियो ।

स्काई डाइभरहरू १ सय २० माइल प्रतिघण्टा भन्दा बढीको गतिमा आकाशबाट खस्दै नयाँ कीर्तिमान बनाउन सफल भएका हुन् । – रोयटर्सको सहयोगमा

प्रकाशित : २०८० श्रावण ३, बुधबार १७:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ