सर्लाहीमा मोटरसाइकल दुर्घटनामा राष्ट्रिय अनुसन्धानका इन्सपेक्टर साहको मृत्यू


सर्लाही । ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अधिकृतको मृत्यु भएको छ ।

सदरमुकाम मल‌ंगवास्थित कार्यालयबाट घरतर्फ फर्किंदै गर्दा वाग्मती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृत २९ वर्षीय वसन्त साहको मृत्यु भएको हो ।

ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी साह फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोलनजिकै रहेको पुलमुनि मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा अधिकारीको टोली घटनास्थलमा पुगेको छ ।

प्रकाशित : २०८० श्रावण १०, बुधबार ०९:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ