गौर हत्याकाण्डबारे जसपाले भन्यो– हाम्रो पार्टीका नेतालाई फसाउन खोजियो


काठमाडौं । जनता समाजवादी पार्टीले गौर हत्याकाण्डको छानविन गर्ने भन्दै सहमति गरेर आफ्नो पार्टी नेतालाई फसाउन खोजेको आरोप लगाएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रवक्ता मनिष सुमनले यसअघि भएका छानबिनका प्रतिवेदन गोप्य राखेर सरकारले बदनियतपूर्ण व्यवहार गरेको बताए ।

उनले भने, ‘हामी सरकार, गठबन्धन र समाजवादी मोर्चामा छौं । सरकारमा रहने वा नरहने सरकारको व्यवहारबाट थाहा हुन्छ ।’

उनले उक्त घटनाको छानबिनको लागि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने बताए । त्यो घटनाको सत्यतथ्य छानिबन गर्नुपर्ने उनकाे भनाइ छ ।

प्रकाशित : २०८० श्रावण २६, शुक्रबार १५:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ