सर्लाहीमा सुतेकै ठाउँमा गोमन सर्पले टोक्दा वृद्धाको मृत्यु


सर्लाही । लालबन्दीमा विषालु सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु भएको छ।

लालबन्दी नगरपालिका वडा नम्बर १० की ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको गोमन सर्पको टोकाइबाट मृत्यु भएको हो ।

बिहीबार राति आफ्नै घरमा सुतेको बेला उनलाई गोमन सर्पले डसेको आफन्तले बताएका छन् ।

सर्पले टोकेपछि उपचारको लागि आफन्तले उनलाई लालबन्दी १ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए ।

तर, उपचारमा ढिलोगरी ल्याउँदा वृद्धालाई बचाउन नसकिएको उपचार केन्द्रका चिकित्सकले बताएका छन् ।

प्रकाशित : २०८० भाद्र १, शुक्रबार ०९:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ