सप्तरीमा मोटरसाइकल दुर्घटना : यूवक साहको मृत्यु


राजविराज । सप्तरीमा मोटरसाइकल दुर्घटनामा शुक्रबार राति एक युवकको मृत्यू भएको छ ।

मृत्यू हुनेमा बोदेबरसाइन नगरपालिका १ का ३५ वर्षीय रेमन्त साह छन् ।

राजविराजबाट पश्चिमतर्फ गइरहेको स १०प ४७२ नम्बरको मोटरसाइकल शुक्रबार राति १० बजेको समयमा हुलाकी राजमार्गको विष्णुपुर गाउँपालिका–१ जमुनीमा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा साह घाइते भएका थिए । उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 21 October 2023 10:20 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ