महोत्तरीमा दुःखद् घटनाः ट्याक्टर पल्टिदा किचिएर चालक यादवको मृत्यू


जनकपुरधाम । महोत्तरीमा आफैले चलाएको ट्याक्टर पल्टिदा किचिएर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक महोत्तरीकै पिपरा गाउँपालिका ६ बस्ने वर्ष ३६ का रामगुलाम यादव रहेका छन् ।

उनले चलाइरहेको प्रदेश २–०२–००१ त १९६९ नम्बरकोआज दिउँसो महोत्तरीको लोहरपट्टी नगरपालिका ८ भ्रमपुराको बिगही नदिको किनारमा पल्टिदाँ उनको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको र घटना विषयमा थप अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित : २०८० कार्तिक १७, शुक्रबार १६:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ