बाराको सिम्रौनगढ अपडेट : प्रहरीको गोली लागेका युवकको मृत्यु, १० प्रहरी घाइते


 

 

लहान । स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर घाइते एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १ का २५ वर्षीय लक्ष्मी मुखिया छन् । नारायणी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज मैनालीले पुष्टि गरे ।

उनका अनुसार मुखिया पनि आन्दोलन गर्न पुगेका थिए । अहिले स्थिति नियन्त्रणमा छ ।

मेयर किशोरी साह कलवारले नयाँ प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराउन लिएर जाने क्रममा बा २ झ ४३५४ नम्बरको गाडीमा एक समूहले तोडफोड गरेपछि झडप भएको थियो ।

झडपमा मेयर साह र आन्दोलनकारी दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते भएका छन् । प्रजिअ मैनालीका अनुसार १० जना प्रहरी नै घाइते भएका हुन् ।

 

प्रकाशित : 13 December 2023 6:26 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ