दलित जनमत संघको मधेस प्रदेश गठन : संयोजकमा सन्तोष, सदस्य सचिवमा राजाराम


जनकपुरघाम । जनमत पार्टीको भातृ संगठन दलित जनमत संघको मधेस प्रदेश गठन भएको छ । प्रदेश संयोजका सन्तोष पासवान र सदस्य सचिवमा राजाराम मण्डल सर्वसम्मत चयन भएका छन् ।

जिल्ला संयोजकहरुलाई दलित जनमत संघको प्रदेश कमिटीमा पदेन सदस्यको रुपमा राखिएको छ । हरेक जिल्लाबाट थप एक- एक जनागरी ८ जना थपेर १८ जनाको प्रदेश संयोजन समिति गठन गरिएको छ ।

सप्तरीबाट अनितादेवी खंग, सिरहाबाट बबिता कुमारी दास, धनुषाबाट जयकुमार मण्डल, महोतरीबाट पिंकु कुमार मण्डल, बाराबाट सुनिता पासवान, पर्साबाट बालकिशोर राम, बाराबाट धर्मेन्द्र पासवान, पर्साबाट नरेश राम थपिएका छन् ।

जिल्लाका संयोजक तथा सदस्य सचिवहरुमा सप्तरीको संयोजकमा उपेन्द्र पासवान सदस्यहरु जीवछ रजक, घुरण राम, विदानन्द सरदार रहेका छन् । यसैगरी सिरहाको संयोजकमा रामपुकार मोची, सदस्य सचिवमा प्रियंका पासवान, सदस्यहरु रामकुमारी दास, देवकी दास, अविनास सदाय । धनुषाको संयोजकमा जयकुमार मण्डल, महोतरीको संयोजक टिंकु मण्डल, सदस्य सचिवमा दिनेश दास, सदस्यहरु राजकुमारी दास, सितादेवी राम, रामवीजय मण्डल, सर्लाहीको संयोजकमा नागेश्वर पासवान, बाराको संयोजकमा धर्मेन्द्र पासवान, सदस्य सचिवमा सुनिता पासवान, मनिष्टर पासवान, नन्हक पासवान, रजनीदेवी राम, शिवरतीदेवी विक, पर्साको संयोजकमा नरेश राम, सदस्य सचिव बालकिशोर राम, सदस्य तुलसी राम चयन भएको छ ।

कार्यक्रममा मधेस प्रदेशका ८ जिल्लाबाट सयभन्दा बढी दलित अगुवाहरुको सहभागीता रहेकोे थियो भने निर्वाचन क्षेत्र तथा स्थानीय तहको आधारमा सहभागीहरुको उपस्थिति रहेको केन्द्रिय सह संयोजक रमण कुमार मण्डलले जानकारी दिए ।

जनकपुरको रामानन्द चौकमा रहेको पार्टी कार्यालयमा आयोजित कार्यक्रमको प्रमुख अतिथि दलित जनमत संघका केन्द्रीय संयोजक राजदेव रामको उपस्थितिमा सम्पन्न भएको छ भने विशिष्ट अतिथिमा केन्द्रीय सह-संयोजक रमण कुमार मण्डल रहेको थियो भने कार्यक्रमको अध्यक्षता दलित अगुवा तथा जेष्ठ नागरिक दिनेश दासले गरेका थिए ।

केन्द्रीय संयोजक तथा अतिथिहरुले चयन भएका पदाधिकारीहरुलाई फूलमाला लगाएर शुभकामना दिएका थिए ।

प्रकाशित : २०८० माघ १९, शुक्रबार ०८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ