मधेशका मुख्यमन्त्री यादव तनावमुक्त, विश्वासको मत दिने गठबन्धनमा सहमती


जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाउने निश्चित भएको छ ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मुख्यमन्त्री यादवलाई तत्काल विश्वासको मत दिने सहमती भएको हो । अब मुख्यमन्त्री यादव विश्वासको मत पाउनेमा ढुक्क भएका छन् ।

आलोपालो नेतृत्व गर्ने पूर्वसहमती अनुसार जसपाले मुख्यमन्त्री पद त्याग्नुपर्ने अन्य सत्ता साझेदार दलको अडान थियो । जसका कारण मुख्यमन्त्री यादव तनावमा थिए । उनले विश्वासको मतका लागि काठमाडौंसम्म लविङ गरेपछि बल्ल सहमती जुटेको बुझिएको छ ।

जनमत पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री यादव विश्वासको मत लिन लागेका छन् । स्रोतका अनुसार गठबन्धनमा सहमती भएलगत्तै उनले आईतवार विश्वासको मत लिने निर्णय लिएका हुन् ।

प्रकाशित : 16 February 2024 2:10 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ