रेशम चौधरीको पार्टी सदस्यता माथि नै निर्वाचन आयोगले उठायो प्रश्न


काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी नाउपाका अध्यक्ष रेशम चौधरीको सदस्यतामा नै प्रश्न उठाएको छ ।

आयोगले नाउपालाई पत्र पठाउँदै चौधरीले पार्टी सदस्यता लिएको मितिका बारेमा जानकारी मागेको छ ।

गत माघ २९ गते नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी पार्टी अध्यक्ष भएकोसहितको दलको विवरण अध्यावधिका लागि निर्वाचन आयोगका निवेदन दिएको थियो ।

आयोगका अनुसार केही प्रश्न सोधिएको छ। उक्त जवाफ आएपछि थप निर्णय गर्ने आयोगले जनाएको छ ।

प्रकाशित : २०८० फाल्गुन ११, शुक्रबार १६:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ