बारामा ग्यास सिलिन्डर विस्फोट, चारजना घाइते


बारा । निजगढ नगरपालिका ७ सहिद चोकमा ग्यास सिलिन्डर विस्फोट हुँदा चारजना घाइते भएका छन् ।

सहिद चोकस्थित रोहित वर्कसपमा काम गर्दै गरेको अवस्थामा आज मध्याह्न अचानक ग्यास सिलिन्डर विस्फोट हुँदा चारजना घाइते भएका हुन् ।

घाइतेमध्ये दुईजना गम्भीर रहेका, एकको अवस्था मध्यम र एकको अवस्था सामान्य रहेको बताइएको छ । घाइते चारैजनाको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

घाइतेहरूको पहिचान हुन बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान र विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० फाल्गुन १४, सोमबार १४:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ