मातृका यादवद्वारा भारतको प्रवास इन्चार्ज पद अस्वीकार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी निकट भारतको प्रवास कमिटीको इन्चार्ज पदको जिम्मेवारी अस्वीकार गरेका छन् ।

जारी माओवादी स्थायी कमिटी बैठकमा नेता यादवले भारतको इन्चार्ज बन्न अस्वीकार गरेपछि नेता लक्ष्मण पन्तलाई बनाएको एक नेताले जानकारी दिए ।

श्रोतका अनुसार यादवले आफूलाई त्यसैपनि भारतनिकट भनेर प्रचारबाजी भइरहेको बेलामा फेरि भारतको इन्चार्जको जिम्मेवारी बहन गर्न नसक्ने जवाफ दिएका थिए ।

प्रकाशित : २०८० फाल्गुन १५, मंगलवार १७:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ