धर्मेन्द्र पासवान, लहान । मधेश प्रदेश स्थित सिरहाको सुखीपुर नगरपालिकाको ७ औं स्थापना दिवस स्वतन्त्र युवा संगठनले भव्य कार्यक्रमको आयोजना गरि मनाएको छ ।
गुमस्ता कुमार यादवको अध्यक्षमा आयोजना गरिएको नगरपालिका स्थापना दिवसमा आमरण अनशन बसेर स्थापना गराएका अनशनकारी युवाहरूलाई सम्मान, स्वास्थ्य शिविर, स्लो मोटर साईकल रेस र सांस्कृतिक कार्यक्रम गरी मनाएको हो ।
वि.सं.२०७२ असोज १ गते नेपाल सरकारको निर्णयअनुसार तत्कालीन सुखीपुर गाविसमा छिमेकी मोहनपुर कमलपुर, कविलासी, विद्यानगर, लड्कनहा, बलही र सिलोर्वा पछवाडीलाई गाभेर सुखीपुर नगरपालिका घोषणा गरिएको थियो ।
करिब १७ महिना नगरपालिकाको रुपमा कामकाज गर्दै आएको सुखीपुरलाई वि.स २०७३ फागुन २७ गते स्थानीय तहको पुनःसंरचनामा सुखीपुर नगरपालिकालाई गाउँपालिका घोषणा गरेको थियोे ।
नगरपालिकालाई गाउँपालिका घोषणा गरेपछि सुखीपुरलाई पुनः नगरपालिका घोषणा गराउन बिपी भुवन यादवको संयोजकत्वमा संघर्ष समिति घोषणा भएका थियो । जसमा सदस्यहरू रामभरोस साह, हरेराम यादव, रामकिसुन यादव, बिन्देश्वर पँजियार र रामकुमार यादव अनिश्चितकालीन आमरण अनशनमा बसेका थिए ।
नगरपालिका कायम गराउन गाउँपालिका कार्यालयमा तालाबन्दी, धर्ना जिल्ला समन्वय समितिमा ज्ञापन पत्र, पूर्व(पश्चिम सडक खण्डको अवरोध, स्थानीय बजारवित्तीय संस्था बन्द गर्दा समेत सुनुवाइ नभएपछि आमरण अनशन सुरु गरिएको थियो ।
लामो संघर्ष र आन्दोलनपछि सुखीपुरलाई नगरपालिका घोषणा नगरेपछि तत्कालीन सुखीपुर गाउँपालिकाको मुल गेटमा नै ६ दिन देखि आमरण अनसनमा बसेपछि वि.स. २०७२ चैत २८ गते तत्कालिन नेपाल सरकारको मन्त्री परिषद बैठकबाट सुखीपुर गाउँपालिकालाई परिवर्तन गरी पुनः सुखीपुर नगरपालिका घोषणा गरेपछि सोही दिनलाई स्थापना दिवसको रुपमा मनाउँदै आइरहेको छ । सुखीपुर गाउँपालिकाबाट नगरपालिका परिवर्तन भई सुखीपुर नगरपालिका स्थापना भएको ८ वर्ष पुरा भई सकेको छ ।
बुधवार श्री राम जानकी वृज नारायण जनता बहुमुखी क्याम्पस सुखीपुरको प्राङ्गणमा आयोजित स्थापना दिवस कार्यक्रममा वक्ताहरूले नगरपालिका माथि आक्रोश पोखेका थिए । नगरपालिकाले मनाउने कार्यक्रम अन्य संस्थाले मनाउनु पर्ने बाध्यता अबको दिनमा नहुन दिन नगर प्रमुखलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख अतिथि समाजसेवी राम प्रसाद चौधरीले कार्यक्रम मंचबाटै चुनौती पनि दिएको थियो ।
कार्यक्रममा सुखीपुर नगरपालिका वडा नं.८ का वडा अध्यक्ष किशोरी प्रसाद चौधरीले भने हामीहरुले गर्ने कार्य अरूले गरिदिएकोले हामीलाई लाज लागि पनि लागि रहेको छ । उनले युवाहरूको मनोबल बढाउन सम्मान जनक मन्तव्य समेत राखेका थिए ।
सुखीपुर नगरपालिका बचाउ संघर्षु अहम भुमिका निर्वाह गरेका कर्मचारी मध्ये एक हाल सुखीपुर नगरपालिकाका इन्जिनियर डोमी यादवले सुखीपुर स्थापना दिवसलाई
एकदमै खुशीको दिन बताएका थिए । तर यस्तो कार्यक्रममा उपस्तिथि हुँदा आफ्नो परिवारको सामर्थ्य नभएको खण्डमा छिमेकीले आफ्नो जन्मदिन मनाइ दिएको इन्जिनियर यादवले महसुश गरेका थिए ।
उनले के यो सुखीपुर नगरपालिकामा जम्मा जमि लगभग ५६ करोडको बजेटमा यस्ता अमुल्य सम्मान योग्य कार्यक्रमको लागि ठाउँ मिलेन यो सरासर गलत हो । यस्ता कार्यक्रम सम्पूर्ण कार्यपालिकाका सदस्य लगायत नगर प्रमुखको हो ।ु इन्जिनियर यादवले अनुसार आउने दिनमा सुधार गर्ने प्रतिक्रिया दिनुको साथै नगरपालिका स्थापना दिवसलाई अझै भव्यता रुपमा मनाउन वजेट विनियोजन गर्न जनप्रतिनिधीहरूलाई आग्रह गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुखीपुर नगरपालिका वडा नं३ का वडा अध्यक्ष तथा तत्कालिन आमरण अनशनकारी हरेराम यादवले हाम्रो चुक भएको स्वीकार गरेका थिए । हामीले वजेट विनियोजन गर्न लगाएनौं तर अब आफ्नै पालामा आउने दिवसहरू भब्यताका साथ हुने बिश्वास दिलाए । कार्यक्रमका अध्यक्षता गर्नु भएका स्वतन्त्र युवा संगठनका संयोजक गुमस्ता कुमार यादव लाई सम्मान पुर्वक धन्यवाद ज्ञापन गरे ।
त्यसै गरि तत्कालिन आमरण अनसनकारीविपी भुवन यादवले स्थापना दिवसको दिन प्रत्येक घरमा दिप प्रजव्लन गर्ने दिन भने । उनले यो कार्यक्रम नगरपालिकाले मात्रै आयोजना गर्ने कार्यक्रम होईन् । सुखीपुर नगरपालिकाका सम्पूर्ण नगरवासीले आ–आफनो घरमा मनाउने कार्यक्रम हो भने ।
कार्यक्रममा आमरण अनशनकारी विन्देश्वर पँजियार, लगायतले शुभकामना दिएका थिए भने कार्यक्रमको संचालन श्याम कुमार यादव र स्वागत मन्तव्य रोयाण्टर मण्डलले राखेका थिए ।