यी चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस


काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ४ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका ४ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव भीमप्रसाद ढकालले एक सूचना प्रकाशन गरी जानकारी दिए ।

बढुवाका लागि सिफारिस हुनेमा एक नम्बरमा श्याम कृष्ण अधिकारी रहेका छन् । त्यस्तै बढुवा सिफारिसमा रविन्द्र रेग्मी, भीम बहादुर दाहाल र नानीराम गुरुङ रहेका छन् ।

प्रकाशित : २०८१ जेष्ठ १९, शनिबार ०८:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ