Alert : जेठ १९ र २० गते मधेशमा तातो हावा चल्ने


काठमाडौं । आगामी केही दिनसम्म तराई/मधेशमा अत्यधिक गर्मी हुने सम्भावना रहेकाले होसियारी अपनाउन आग्रह गर्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई/मधेश भूभागका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम लगातार ४० डिग्री सेल्सियस वा सोभन्दा पनि माथि उक्लिएको छ ।

महाशाखाले भनेको छ, ‘तसर्थ ती भूभागमा आगामी २ दिन (जेठ १९ देखि २० गतेसम्म) तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

प्रकाशित : २०८१ जेष्ठ १९, शनिबार १७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ