आधारभूत विद्यालय ईटाटारमा शिक्षा नियमावली मिचेर प्रधानाध्यापक नियुक्त


सिरहा । औरही गाउँपालिका ४ ईटाटारस्थित आधारभूत विद्यालयमा शिक्षा नियमावली मिचेर प्रधानाध्यापक नियुक्त गरेको खुलेको छ ।

मंगलवार (जेष्ठ २२)मा विद्यालयका प्रधानाध्यापक उमेश कुमार यादव अवकाश पाए । सोही दिन शिक्षक अरुण यादवलाई प्रधानाध्यापक नियुक्त गरिएको छ ।

एक त प्रधानाध्यापक नियुक्त गर्नका लागि विज्ञापन नै त्रुटीपूर्ण थियो । नयाँ प्रधानाध्यापकको नियुक्तिमा पनि शिक्षा नियमावलीको धज्जी उडाइएको छ । तर गाउँपालिका र शिक्षा समन्वय समिति भने मौन देखिएको छ ‌।

प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम प्रधानाध्यापक छनोटका लागि खुला प्रतिस्पर्धाबाट आवेदन खुलाउनुपर्ने भएपनि शिक्षा नियमावली २०५९ को धज्जी उडाउँदै प्रअको आवेदन आह्वान गरेको थियो ।

शिक्षा विकास समन्वय इकाई सिरहाको च. न-१३९३ र औरही गाउँपालिकाको च. नं-१८०४ पत्र अनुसार गरेको प्रधानाध्यापकको खुल्ला विज्ञापनको लागि दिईएको सहमति अनुसार विद्यालयले ०८१ जेष्ठ ०८ मा खुल्ला आवेदन माग गरेको थियो । तर विज्ञापन शिक्षा नियमावली २०५९ अनुसार खोलिएको सात दिने विज्ञापन सम्बन्धी नियमावलीमा व्यवस्था छैन् ।

शिक्षा नियमावली अनुसार १५ दिनको म्याद दिनेगरी प्रधानाध्यापक नियुक्तिका लागि विद्यालयले विज्ञापन नगरेकाले औरही गाउँपालिकाले पत्राचार गरेको देखिन्छ । पालिकाले विज्ञापनलाई कम्तिमा १५ दिने व्यवस्था भए अनुसार खोलिएको विज्ञापनको अन्तिम मितिमा आठ दिनको म्याद थपसहित १५ दिन गरी नियमानुसार प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको थियो ।

तर पनि पालिकाले दिएको निर्देशन र शिक्षा नियमावलीलाई समेत धज्जी उडाइ आफ्नो निजी स्वार्थ सिद्धीका लागि अनिवार्य अवकाश हुने मुखमा नै विद्यालयका प्रधानाध्यापक उमेश कुमार यादव र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमित यादवले प्रधानाध्यापकको लागि आवेदन आह्वान गरेको स्रोतको दावी छ ।

औरही गाउपालिका‌ले प्रधानाध्यापक नियुक्त सम्बन्धी कार्यविधि नै बनाएको छैन् ।

प्रकाशित : २०८१ जेष्ठ २३, बुधबार ०९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ