मोदीको मन्त्रिपरिषद्‌मा को–को बन्दैछन् मन्त्री ? चिराग पासवानको नाम पनि चर्चामा


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । ७३ वर्षीय मोदीका लागि प्रधानमन्त्रीको यो लगातार तेस्रो कार्यकाल हो ।

लगातार तेस्रो कार्यकालसम्म प्रधानमन्त्री बन्ने उनी भारतको दोस्रो नेता हुन् । यसअघि जवाहरलाल नेहरु लगातार तीन कार्यकाल प्रधानमन्त्री बनेका थिए । नेहरु १९५२, १९५७ र १९५२ मा भएका आम निर्वाचन जित्दै तीनपटक प्रधानमन्त्री बनेका थिए ।

लोक सभा निर्वाचनमा भाजपा नेतृत्वको गठबन्धनले बहुमत हासिल गरेपछि मोदी जेठ २५ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

शपथ ग्रहण समारोह आज साँझ सवा सात बजे राष्ट्रपति भवनमा हुने छ । प्रधानमन्त्री मोदीको शपथ ग्रहण पछि मन्त्रीहरुले शपथ ग्रहण गर्ने छन् ।शपथ ग्रहण समारोह करिब ४५ मिनेट चल्ने छ ।

भाजपाले गृह, रक्षा, अर्थ, विदेश जस्ता महत्वपूर्ण मन्त्रालय आफैंसँग राखेको छ । गठबन्धनका अन्य दलहरुलाई नागरिक उड्डयन, कोइला, इस्पात लगायतका आकर्षक मन्त्रालय जिम्मा दिने तयारी छ ।

सरकार गठनमा निर्णायक भएका नितिश कुमार नेतृत्वको जनता दल युनाइटेड र चन्द्रबाबु नायडु नेतृत्वको तेलगु देशम पार्टीले आकर्षक मन्त्रालय पाउने सम्भावना छ ।

मोदीको मन्त्रिमण्डलमा विहारबाट चुनाव जितेका लोकजनशक्ति पार्टीका चिराग पासवान पनि पर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

प्रकाशित : २०८१ जेष्ठ २७, आईतवार ०८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ