कारबाहीको चेतावनीपछि ८२५ शिक्षकहरूले त्यागे राजनीतिक दलको सदस्यता


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्याग गरेको बताएकी छन् ।

मन्त्रालय सम्हालेको १०० दिनको उपलब्धि मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिँदै मन्त्री श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरणको अन्त्य गरेरै छाडिने बताइन् ।

मन्त्री श्रेष्ठका अनुसार अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्याग गरेका छन् । आफू मन्त्री बनेयता ४५ जना शिक्षकविरूद्ध उजुरी परेकोमा ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र चार जनाले सफाइ पाएको पनि बताइन् ।

शिक्षा क्षेत्रलाई राजनीति मुक्त गर्न भन्दै मन्त्री श्रेष्ठले गत वैशाख ४ गते शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने कानुन कार्यान्वयन गर्ने निर्णय गर्दै पत्राचार गरेकी थिइन् ।

प्रकाशित : २०८१ असार ४, मंगलवार १८:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ