फैलिदै भ्रष्टाचार : २३२ निजामती कर्मचारी निलम्बित, आधा तलब पाउँदै !


काठमाडौं । भ्रष्टाचारका आरोपमा मुद्दा दायर भएपछि निलम्बनमा पर्ने निजामती कर्मचारीको संख्या बढ्न थालेको छ ।

पछिल्लो पटक भ्रष्टाचारको आरोप लागेपछि मुख्यसचिव वैकुण्ठ अर्याल निलम्बित भए । अर्याल हालसम्म निलम्बनमा पर्ने सबैभन्दा उपल्लो तहका कर्मचारी पनि हुन् । उनीसहित देशभर २३२ निजामती कर्मचारी निलम्बनमा परेका छन् ।

निलम्बनमा परेर आधा तलब पाउने निजामतीअन्तर्गतका २३२ कर्मचारी छन् । यिनीहरुमध्ये अधिकांश भ्रष्टाचारको आरोप लागेपछि निलम्बनमा परेका हुन् ।

निलम्बनमा परेपनि कानुनबमोजिम निलम्बित मुख्य–सचिव अर्यालले मासिक तलब आधा पाइरहनेछन् । अन्य निलम्बित कर्मचारीले पनि मासिक तलब आधा पाउँदै आएका छन् ।

सरकारले कर्मचारी व्यवस्थापन गर्न नसक्दा ५६ कर्मचारी त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा हाजिर गरेर कामै नगरी तलब खाइरहेका छन् ।

भ्रष्टाचार आरोप लागेपछि कर्मचारी निलम्बनमा पर्नु नियमित कानुनी प्रक्रिया हो ।

यो पनि हेर्नहोस्….

प्रकाशित : २०८१ असार ११, मंगलवार ०८:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ