जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजित झा र लेखापाल देबेन्द्र यादव कार्यालयमा बस्ने गरेका छैनन् ।
सरकारले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई मनसुन अवधिभर स्थानीय तह नछाड्न निर्देशन दिएको छ । औरहीका प्रमुख प्रशासकीय अधिकृत झा भने सरकारको निर्देशन समेत पाल्न गरेका छैन ।
अधिकृत झा आज करिब १२ बजे कार्यालय आएका थिए । उनी हाजिर गरे । त्यसपछि ‘खाना खाएर आउँछु’ भनेर कार्यालयबाट निस्केका उनी टाप कसेको बुझिएको छ ।
गत आवमा विकास निर्माणको काम गरेका उपभोक्ता र निर्माण कम्पनीहरुलाई भुक्तानीको चेक अझै कार्यालयले दिएको छैन । स्रोतका अनुसार जनप्रतिनिधि र कर्मचारीबीच कमिशन कति प्रतिशत उठाउने विषयमा कुरा नमिल्दा चेक वितरण रोकिएको छ ।
लेखापाल यादव सिरहा सदरमुकामस्थित सलहेश मन्दिर छेउमा रहेको वकिल राजदेवको घर भाडामा लिएर बस्छन् । उनी आवको अन्तिम दिन पनि कार्यालयमा आएनन्, कोठामै बसेर चेक काटे । स्रोतका अनुसार अधिकृत झा चेकमा हस्ताक्षर गरेका छैन ।
अधिकृत झा जनकपुरधाम बस्छन् । यहाँबाट जनकपुरधाम करिब १२० किलोमिटर टाढा छन् । उनी महिनामा १० दिन पनि कार्यालयमा हाजिर हुने नगरेको कर्मचारीहरु नै बताउँछन् ।
यो समाचार तयार पार्दासम्म अधिकृत झासँग सम्पर्क हुन सकेको थिएन । समाचार हेरेर अधिकृत झाले टुडेखोजसँग सम्पर्क गरेर भने, ‘मैले कसैसँग कमिशन मागेको छैन । अन्य कर्मचारीले मागेको हो भने मलाई थाहा छैन ।’
औरही गाउँपालिकामा बेतिथि, हेर्नुहोस् अन्य समाचारहरु :
औरही गाउँपालिकामा लुटः मिलोमतोमा ठेक्का, मिलोमतोमै भुक्तानी !
औरही गाउँपालिकामा लुटः एक वर्षमै इन्धन र सवारी मर्मतमा ९० लाख स्वाहा !
औरही गाउँपालिकामा बेतिथि : बजेट पास गराउन जनप्रतिनिधिलाई मोवाइल उपहार !
औरही गाउँपालिका बन्यो भ्रष्टाचारको अखाडा, गागन नदी नियन्त्रणको नाममा ब्रह्मलुट