२० करोड रुपैयाँ बराबरको कोकिनसहित यी महिला पक्राउ


काठमाडौं । ठूलो परिमाणको लागुऔषध कोकिनसहित एक विदेशी महिलालाई प्रहरीले काठमाडौंको ठमेलबाट पक्राउ गरेको छ ।

प्रहरीले ठमेलमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि ठमेलस्थित काठमाडौं सिटी होटलमा छापा मारेको थियो ।

सिटी होटलको ती महिला बसेको कोठाबाट प्रहरीले ५ किलो ८२० ग्राम कोकिन फेला पारेको हो । सो कोकिनको बजारमूल्य २० करोड ३७ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष प्रहरी टोली र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले ६ वटा स्कुल ब्यागमा फल्स बटन बनाएर लुकाइएको सो कोकिन फेला पारेको हो ।

प्रहरीले मलेसियाको जोहोरकी ४७ वर्षीया बाथामुलाई भाडिभालो नामकी महिलालाई नियन्त्रणमा लिइए अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित : २०८१ असार ३०, आईतवार १८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ