काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक गेस्ट हाउसको कोठाभित्र महिला र पुरुष मृत फेला परेका छन् ।
झर्ना गेस्ट हाउसमा बाजुराको त्रिवेणी ४ का २३ वर्षीय भरत बहादुर सार्की र अन्दाजी २० वर्षीया करिश्मा सार्की मृत भेटिएको काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले बताए ।
करिश्मा घाँटी काटिएको अवस्थामा फेला परेकी हुन् । भरत सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरु साउन १५ देखि उक्त गेस्ट हाउसमा बस्दै आएका थिए ।
शुक्रबार दिउँसोसम्म खाना खान नउठेपछि बन्द कोठा खोल्न प्रहरी पुगेको थियो । प्रहरीका अनुसार भरत र करिश्मा हाडनाता सम्बन्धका हुन् ।
भरत भारतमा काम गर्दै आएका थिए भने करिश्मा गाउँमा बसेर पढ्दै आएकी थिइन् ।