धरानमा उग्र प्रदर्शन, जुत्ताको माला लगाउने भन्दै मेयर साम्पाङको खोजी !


सुनसरी । खानेपानी व्यवस्थापन बोर्डको बैठकसमेत नबसिकन मेयर एक्लैले खानेपानीमा ९ हजार ९ सय प्रतिशतसम्म महसुल वृद्धि गरेपछि धरानमा स्थानीयको प्रदर्शन चर्किएको छ ।

साउन ११ यता आन्दोलनरत स्थानीयहरू मेयर हर्क साम्पाङविरुद्ध आन्दोलनमा केन्द्रित भएका छन् ।

खानेपानी व्यवस्थापन बोर्डको बैठकसमेत नबसिकन मेयरले नै एकलौटी निर्णयमा साउन १ गतेदेखि लागू हुने गरी ११ प्रतिशतदेखि ९ हजार ९ सय प्रतिशतसम्म खानेपानीको महसुल वृद्धि गरेका थिए ।

महसुल वृद्धिविरुद्ध राजनीतिक दलहरूले सुरुमा ७२ घण्टे अल्टिमेटम दिए पनि मेयर साम्पाङले बेवास्ता गरे ।

अहिले स्थानीयको प्रदर्शन लम्बिँदै जाँदा स्थानीयवासीको प्रदर्शन अराजकतर्फ उन्मुख छ । बिहीबार धरान उपमहानगरको गेट अगाडि धर्ना दिन भेला भएका स्थानीयवासी, धरानका १० राजनीतिक दलसहित विद्यार्थीहरूले गेट तोडफोडको समेत प्रयास गरेका थिए । शुक्रबार पनि आन्दोलन जारी छ ।

आक्रोशित स्थानीय उपभोक्ताहरू जुत्ताको माला बनाएर ‘मेयर साम्पाङलाई लगाउने’ नगरपालिका कार्यालय बाहिर प्रदर्शनमा छन् ।

प्रकाशित : २०८१ श्रावण २५, शुक्रबार १५:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ