सिरहाको भगवानपुर गाउँपालिका सप्तरी र भारतसँग जोडिएको छ । ग्रामिण भेगमा पर्ने यो पालिका केहि बर्षसम्म अत्यन्त पछाडी परेको थियो । देशमा संघीयता आएपछि साविकको भगवानपुर, नहरा रिगौल र इनर्वा गाविसलाई गाभेर भगवानपुर गाउँपालिका घोषणा गरियो । पालिका घोषणा भएपछि ५ वटा वडा रहेको भगवानपुर गाउँपालिकामा पनि विकासले गति लिएको छ । पालिकाका वर्तमान अध्यक्ष उग्रनारायण यादवसँग विकास निर्माणको विषयमा टुडेखोजका लागि जयनाथ यादवले गरेको कुराकानी :
तपाई निर्वाचित भएदेखि हालसम्म के के काम गर्नु भयो ?
– म निर्वाचित भएपछि सबभन्दा पहिला समाजिक सुरक्षाभत्ता जो पालिकाले एनआईसि बैंकबाट वितरण भइरहेको थियो । त्यसलाई बैंकसँग समन्वय गरेर प्रत्येक वडाबाट वितरण गर्न अनुरोध गरे । अहिले पाँच बटै वडाबाट सामाजिक सुरक्षाभत्ता वितरण भईरहेको छ । यो एउटा ठुलो उपल्बधी हो । किनकि धेरै बृद्ध बृद्धाहरुलाई भत्ता लिन कैयौं दिन लाईनमा बस्नु पर्ने बाध्यता थियो । मैले पालिका प्रमुख हुनुभन्दा पहिला सोचेको थिए । म निर्वाचित भए वडाबाटै समाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाउने प्रतिवद्धता समेत गरेको थिए । अहिले यो कार्यमा सफल भएपछि खुशी लागेको छ । बैंकको कर्मचारी साथीहरुलाई म टुडेखोज मिडियाको मार्फत् धन्यवाद पनि दिन चाहन्छु ।
भौतिक पूर्वधारतर्फ छ किलोमिटर लगभग आरसिसि सडक ढलान कार्य सम्पन्न गराएका छौं । यसरी नै २० देखि २५ किलोटिर माटो ग्राभेलको कार्य गराएँ । बा.सु मा.वि.को विद्यालय भवन निमार्ण भएको छ । आधारभुत विद्यालय गरसाहा, परोल, जमुवाटोल, लरहा र ललित नारायण कौशल्य जनता मा.वि. नरहाको भवन निर्माणाधिन छ । त्यसरी नै वडा नम्बर ५ को लालपुरको मुसहरी टोल र वडा नम्बर ५ कै पासवान टोलमा समुदायिक भवन निमार्ण गरेको छु । वडा नम्बर ३ को गरसहामा विश्वकर्मा मन्दिर र ठाडीको सलहेश मन्दिर निमार्ण भएको छ । सिनुरियामा जितुवाहन मन्दिर, कल्याणपुरमा दुई वटा सोसिया बाबा मन्दिर, ठाडीमा कायस्थ समाजले आस्था राख्ने चित्रगुप्त मन्दिर र आभेनगरमा राम जानकी मन्दिर, गरसाहामा भोला बाबा मन्दिर, आभेनगरकै राम टोल नजिक मंनसा राम र बौकीदेवी मन्दिर निर्माण सम्पन्न भएको छ । यस्तै ईनर्वामा संतोषी माताको मन्दिर पनि बनाए । केहि मन्दिर र्निमाणाधिन अवस्थामा छ ।
पुलपुलेसामा हामी श्री हनुमान प्रसाद शारदा उच्च मा.वि. ईनर्वादेखि पश्चिम लालपुरस्थित बिचमा डोमरा नदिमा पुल निमार्ण गरे । यसरी नै ईनर्वाको चौधरी पोखरी नजिक कलभर्ट निमार्ण पनि गराए । गाउँपालिकाभर ८ देखि ९ सय मिटर नाला निर्माण पनि सम्पन्न भइसकेको छ । यो दुई आर्थिक वर्षमा ६० थान जती ह्युम पाईप जडान भएको छ । डोमरा नदि र पेट बनहा नदी नियन्त्रण कार्य समेत भौतिक पूर्वधारतर्फ भएको छ ।
शिक्षातर्फ हामी निर्वाचित भएर आएलगत्तै खास गरेर ३ वटा मा.वि. र आधारभूत विद्यालयहरुमा अनुगमण गरे । अनुगम गर्दा ८, ९ र १० कक्षामा १९० जना विद्यार्थीहरु देख्यौं । मैले चाही धेरै पटक प्रधानाध्यापकहरुलाई बैठक बोलाई उहाँहरुसँग अनुरोध आग्रह गरे– पहिलाको प्रणालीबाट अलिकती माथी उठेर शिक्षामा सुधार गर्नुपर्नेछ । किनकि शिक्षाको स्तर धेरै खस्केको छ । अनुगमन गर्न जादाँ विद्यार्थीको संख्या धेरै भएको कारण मेलै पनि सरहरुलाई धेरै भन्न अप्ठयारो जस्तो लाग्यो कि एक जना शिक्षकबाट १ सय ९० जना विद्यार्थी पढाउन सम्भव छैन भनेर । लोकसेवा जस्तै गाउँपालिकाभित्र शिक्षक र पालिकाको हरेक क्षेत्रका लागि विज्ञापन निकाले । तर यहाँका विपक्षी दलकाहरुले अदालतमा गई मुद्दा लगाएपछि हालसम्म विज्ञापनको प्रक्रिया ठप्प थियो । केही दिन अगाडी मात्र अदालतबाट मुद्दाको किनारा लागेको छ– जसमा चाहीँ अदालतले हामीलाई विज्ञापनको प्रक्रिया अगाडी बढाउन अनुमती दिएको छ । अब यही असार मसान्तभित्रै परिक्षा लिने तयारी छ ।
शिक्षक राखेपछि पठन पाठनमा धेरै सुधार हुने अपेक्षा छ । अहिले जति शिक्षक छन्, उनीहरु पनि पहिलेको भन्दा बढी मेहनत गर्दा शिक्षामा सुधार पनि भएको छ । यो दुई वर्षमा विद्यार्थीको उपस्थिति संख्या ५० प्रतिशतले वृद्धि भएको छ । शिक्षालाई अझै सुधार उन्मुख हुनलाई शिक्षकहरु भर्ना गर्दैछांै ।
स्वास्थ्यतर्फ इमरजेन्सी सेवा लागु गरेको छु । त्यो राम्रो चलेको छ । त्यसमा पनि प्रदेशबाट लगभग ६०÷७० लाख रुपैया बराबरको ल्यावको समानहरु थियो । त्यसमा पालिकाबाट पनि १७÷१८ लाख रुपैया अझै लगाए । मलाई लाग्छ– सिरहा जिल्लाको सबैभन्दा राम्रो ल्याव भगवानपुरमा छ ।
ल्याबमा जुन जाचँहरु हुन्छ– त्यो काठमाडौंको टेकु अस्पतालमा हुन्छ । जुन जाचँको १२ देखि १४ हजारसम्म रुपैया लाग्छ– त्यो जाँच भगवानपुरमा न्युतम शुल्क २५० रुपैयामै भइरहेको छ । म आउनुभन्दा अगाडी सिरहा जिल्लामा स्वास्थ्यको क्षेत्रमा १७ औं स्थानमा भगवानपुर थियो । अहिले सुधार गरेपछि ९ औंं स्थान आएको छ । १ नम्बरमा ल्याउने उदेश्यले स्वास्थ्य क्षेत्रमा कामहरु अगाडी बढाएका छौं ।
स्वास्थ्यका कर्मचारीहरुकै कारण स्वास्थ्यमा प्रगति भएको छ । उनीहरुलाई धन्यवाद दिन चाहन्छु । हामी पालिकाबाट हुने आवश्यक कामहरु गरी राखैका छौं । स्वास्थ्य कर्मचारी साथीहरुको राम्रो खटाईका हिसाबले ९ औंं स्थान आउन सफल भएको छ । भगवानपुर गाउँपालिका अझै स्वास्थ्य क्षेत्रमा वडा नम्बर २, ३ र ५ मा स्वास्थ्य चौकी भवन नै थिएन । त्यो प्रदेश सरकारको स्वास्थ्य मन्त्रीसँग अनुरोध गरेर भवनहरु ल्याउन सफल भएका छौ । स्वास्थ्यमा हालसम्म यसरी काम भएको छ ।
कृषीमा २०७९ साल जेष्ठ ६ गते पदभार ग्रहण गरे पश्चात श्रावन १ गतेदेखि कृषि मिटर निःशुल्क गरेको छु । अब किसानले कृषि मिटरको बिल भुक्तानी गर्नुपर्दैन्, गाउँपालिकाले गर्छ । किसानहरुले राम्रो ढंगले खेती गर्नुपर्छ भनेर उनीहरुको समस्या समाधान गरे । पहिला विद्युतका कर्मचारी प्रहरी लिएर आउँदा किसानहरुको भगाभाग हुन्थ्यो । त्यो सबै समस्याहरु समाधान गर्न सफल भएका छौं । किसानहरुलाई भने पहिलाको बाकीँ रहेको कृषि महसुलको बिल भुक्तानी गर्नु र अबदेखी म जहिलेसम्म पालिका प्रमुख रहन्छु तबसम्म कृषि मिटरको महसुल तिर्नु पर्देन पालिकाले व्योहोर्छ ।
कृषिमा हामी पालिकाबाट धान, गहुँ र तरकारीका अन्य विउविजन तथा किटनाशक औंषधीहरु समेत किसानहरुलाई उपलब्ध गराउँदै आएका छौ । विद्युतको पोलतारहरु पनि जडान भएको छ । यहाँ विद्युतको प्राविधिक नभएको कारणले बाकीँ रहेको पोलतार जडानको कार्यहरु हुनसकेको छैन । नेपाल विधुत प्राधिकरण लहान शाखालाई हामीले अनुरोध गरेका थियौं । विद्युतले भन्यो– हामी स्टिमेट गरिदिन्छु, मूल्याङकन गर्दिन । त्यो हिसाबले यसपालिको बजेटबाट हामीले समानहरु किन्न सकेनौ । गत असार १० गते भएको निति ताथ कार्यक्रममा बाकीँ रहेको कृषि विधुतिकरणका लागि २ देखी ३ करोड बजेट हामी छुट्याएका छौ । यो भगवानपुर गाउँपालिकाभित्र पूर्णरुपमा कृषिको समस्या समाधान गर्छु । त्यो उदेश्यले यो बजेट बिनियोजन गरेका हौं ।
यस्तै पशुविकासतर्फ जुन लम्पी स्किन जस्तो माहामारीे फेलियो । मलाई लाग्छ– यो सिरहा जिल्लामै भगवानपुर गाउँपालिकाले महामारी नियन्त्रण गर्न सबभन्दा पहिले काम शुरु गर्यो । हामीले पाँच वटा प्राविधिक राखेर प्रत्येक वडामा पठाएका थियौं । दिनहुँ विहान ७ बजेदेखि राती ८ बजेसम्म उहाँहरु काम गर्नुभो । त्यो हिसाबले धेरै कम क्षती पशुहरुमा भएको छ । करिब ६ हजार पशुको निःशुल्क उपचार गर्यौं । लम्पी स्किन महामारीबाट जोगाउन करिब ३ हजार ५ सय पशुलाई लम्पी स्किनविरुद्धको खोप लगायौं । २ सय कुकुरलाई रिविज विरुद्धको खोप, ६ हजार बाख्रालाई पिपिआर खोप लगायौं । ६ सय बाख्रालाई महामारीबाट बचाउन उपचार गरेको रेडर्क छ । भ्यागुते र चरचरे रोग विरुद्धको खोप लगाउने कार्य जारी रहेको छ । त्यसरी नै निःशुल्क पशु स्वास्थ्य शिविरहरु समय समयमा संचालन गरेका छौं । हामीले गरेको कामको बारेमा किताबमा हेरेर भन्नलाई मात्र सम्भव छ । अहिलेसम्म धेरै गरेको कामहरु भन्नलाई छुटेको पनि होला । तै पनि आउने वर्षहरुमा अझ पालिकालाई हरेक क्षेत्रमा समृद्ध बनाउन तत्पर रहने छौं ।
अहिलेसम्म गरेको कामबाट सन्तृष्ट हुनुहुन्छ ?
– सन्तृष्ट छु । तर पूर्णरुपले सन्तृष्ट छैन । किनकी यहाँ समस्या र चुनौती के छ भने अब हामीलाई विकास गर्न बजेट भनेको संघबाट ८ करोड ७७ लाख र त्यसपछि आल्य गरेर आएको रकम समेत मिलाएर ११/१२ करोड रुपैया हो । त्यसमा शिक्षा, स्वास्थ्य, कृषि, भेटेनरी र कार्यालय संचालन छोडेर विकासतीर जान्छौ भने ८ करोडको विकास गर्न सक्छौं । उता यो ८ करोडले भगवानपुर गाउँपालिकाभित्र रहेका जम्मा पूर्वाधारका कामहरु विद्यालयका भवनहरु अथवा सडक बाटोका कामहरु गर्न पर्याप्त छैन । अहिले पनि वडा नम्बर ५ स्थित रहेको हनुमान प्रसाद मा.विको सबै भवन जिर्ण अवस्थामा रहेको छ । सडक बाटोहरु पनि त्यस्तै छ । त्यसैले अहिले पाउने बजेटले सबै काम गर्न सम्भव छैन । त्यही भएर पूर्ण रुपले सन्तृष्टी निश्चित रुपले छैन ।
दुई वर्षमा जति बजेट खर्च गर्नुभयो, त्यो हिसाबको उपलब्धी प्राप्त भयो त ?
– उपलब्धी प्राप्त भएको छ ।
विगतका बर्षहरुमा के कस्ता चुनौतीको सामाना गर्नुपर्यो ?
– चुनौती त धेरै छ । सबभन्दा ठुलो चुनौती मलाई महसुस भएको कुरा के हो भने बजेटको अभाव । अहिले आउने बजेटले मनमा लागेको कुरा अथवा जनताहरुसँग गरेको प्रतिवद्धताहरु पुरा गर्न गाहे छ । अर्कौ चुनौती के छ भने यो भगवानपुर गाउँपालिका सिरहा जिल्लाको पूर्वमा सप्तरीको सिमानासम्म जोडिएको छ भने दक्षिणमा भारतको सिमानासँग जोडिएको छ । र पहिलेदेखि एकदमै विकास नभएको ठाउँ हो । यो जतातीर जाँदा धेरै विकास गर्नुपर्छ । जुनसुकै वडामा जादाँ मलाई लाग्छ धेरै विकास गर्नलाई बाकीँ रहेको छ । त्यसकारण समस्याहरु धेरै भयो, बजेटको चाहीँ कम । जुन बजेट छ– त्यो कार्यन्वयन गर्नलाई पनि चुनौती छ । जस्तै सडक बाटो बनाउन जादाँ त्यहाँ नीर पनि धेरै मान्छेहरु टाटबार लगाई राखेको छ । घर बनाई रहेको छ, त्यसलाई रोक्दा समस्या हुन्छ । तै पनि म तपाईकै मार्फत यहाँका नागरिक र विपक्षी दलका नेताहरुलाई चुनौती जति आएपनि विकास निमार्णका काममा सबैले सहयोग गर्नुपर्छ भन्न चाहन्छु । सहयोग गरेका सबैलाई धन्यवाद पनि दिन चाहन्छु ।
प्रदेश र संघिय सरकारसँगको सहकार्य कस्तो रहयो ?
– प्रदेश र संघीय सरकारसँगको सहकार्य राम्रो छ । यसमा दुईटै सरकारलाई धन्यवादै दिन्छु । किनकी संघबाट पनि भगवानपुर गाउँपालिकामा मैले दुईटा चाहीँ नयाँ सडकको कुरा गरेका थिए । हुलाकी सडकदेखी परोल, विशौल, जमुवा टोल हुँदै ठाडी बोर्डरसम्म । जसमा मैले १५ करोड रुपैया बजेट उपलब्ध गराइदिन भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठ ज्यूसँग आग्रह गरेका थिए । यसमा उहाँले १ करोड ६२ लाख रुपैया विनियोजन गर्नुभयो । र, योजनालाई बहुबर्षीय कार्यक्रम अन्र्तगत राख्नुभयो । उहाँले मेरो आग्रह अनुसार बजेट उपलब्ध गराएकोमा धेरै धन्यवाद दिन्छु । अर्को सडक मैले वडा नम्बर २ को रामदेव साहको घरदेखि लहरा, हुलाकी सडकको गम्हरीया चौक लालपुर हुदै आभेनगरको बोर्डरसम्मका लागि १ करोड विनियोजन गर्दिनु भएको छ । जसरी मधेशमा तीन वटा योजनाहरु बा.सु मा.वि.को भवन, ललित नारायण कौशल्या मा.वि.को भवन र लरही पोखरीदेखि लरहासम्म सडकमा ३० लाख रुपैया आएको छ । शहरी विकाश मन्त्रालयबाट बा.सु मा.वि.को अगाडी रहेको पोखरीको घाट निमार्णका लागि १ करोड रुपैया र भगवानपुर बजार व्यवस्थापनको लागि पनि १ करोड रुपैया आएको छ ।
यस्तै प्रर्यटन मन्त्रालयबाट पोखरीमा घाट निमार्णका लागि ९० लाख रुपैया, योजना आयोेगबाट ललित नारायण कौशल्या मा.वि. पछाडीको पोखरीमा घाट निमार्णका लागि २ करोड ३४ लाख रुपैया, डोमरा नदि नियन्त्रण लागि १ करोड रुपैया र भगवानपुर चौकीदेखि दक्षिण विधुत सव–स्टेशनदेखी गरसाहासम्मको सडकका लागि ९ करोड ५० लाख रुपैयाँ हामी माग गरेका थियौं । यसमा ८० लाख रुपैया विनियोजन गर्नु भएको छ । संघमा हामी जुन योजनाहरु राखेको थिए, त्यो परेको छ । रकम धेरै नभए पनि संतोषजनक बजेट आएको छ । हुन त हामी उर्जा, सिचाई र कृषी मन्त्रालय पनि तारपोल, ट्रान्सर्फमरका लागि बजेट माग गरेको थिए, यसमा योजना परेको छैन फेरी हामी प्रयास गर्छु । प्रदेशको मन्त्रालयहरुबाट गरसाहमा आर.सि.सि. सडक ढलान, ठाडीको दुर्गा मन्दिरमा २५ लाख रुपैया र वडा नम्बर ५ मा निर्माण भईरहेको सामुदायिक भवनका लागि ४५ लाख रुपैया विनियोजन भएको छ । हामी जुन सिफारिसहरु गरेर पठाएका थियौं र स्वयंम १०/१५ दिन लगातार मन्त्रि ज्यूहरुसँग भेटेर आग्रह अनुरोध गरेका थियौं, त्यो हिसाबले उहाँहरुले भगवानपुरलाई ठाउँ दिनु भएको छ ।
अबको बाकीँ कार्यकालमा पालिका समृद्ध बनाउन के कस्ता योजनाहरु ल्याउने सोचमा हुनुहुन्छ ?
– जसरी हामी यसपाली आबधिक योजनाहरु बनाएका छौं । भगवानपुर गाउँपालिकाभित्र भएका हामीले महसु्स गरेका अति आवश्यक कुराको हिसाबले आउने तीन वर्षमा गर्नेछु । पालिकाभित्र एउटा क्यापस निमार्ण गर्न हामी खोज्दै छु । त्यसको लागि पहल अगाडी बढाई सकेको छु । खास गरेर सडक बाटो निमार्ण गर्न जुन कुरा छ । जसरी संघ अथवा प्रदेशबाट जे सहयोग भएको छ, त्यसमा फेरी पनि थप बजेट दिनलाई अनुरोध गर्छु । पालिकाबाट पनि जहाँसम्म सम्भव हुन्छ, लगभग यो तीन वर्षभित्र सबै सडक आ.सि.सि ढलान र कालोपत्रे हुन्छ । यसरी नै तीन बटै मा.वि.मा अब भवन अभाव हुँदैन । आगामी बैशाखदेखि कलयाणपुरको आ.वि.मा अँग्रेजी माध्यमबाट पठनपाठन गराउने तयारीमा छु । पालिकाको हरेक क्षेत्रलाई तीन वर्षमा राम्रो बनाउँछु । त्यो हिसाबले अगाडी बढिरहेको छु ।
भगवानपुर नेपाल–भारत सिमानाकामा पर्दछ । लागुऔषध दुव्र्यसन रोक्नलाई के कस्ता प्रयासहरु गर्नुभयो ?
– यो जुन प्रश्न उठाउनुभयो– सबभन्दा ठूलो चिन्ताको विषय हो । किनकी लागुऔषधको पछाडी लागेका यूवाहरुलाई कसरी सुधार्न सकिन्छ ? हामी सबलाई, हुन त देशलाई नै चिन्ताको विषय बनेको छ । सिडियो साब, एसपी साब सबै आएर हामीसँग समन्वय गर्नुहुन्छ । हामी पालिकाबाट सकेसम्म सहयोग गरेका छौं । लागुऔषध दुव्र्यसन सम्बन्धि प्रशिक्षण र जनचेतना दिनलाई २ वर्षमा बजेट विनियोजन गरेका थियौं । एक जना वि.औ.पि. ठाडीका डिएसपी दुर्गा भट्ट हुनु हुन्थ्यो । उहाँलाई पनि यो विषयमा धेरै चासो देखेको थिए । उहाँले आफै गएर विद्यालयहरुमा यो विषयमा क्लास लिनु हुन्थ्यो । हामी अहिले तीन वटै मा.वि.का विद्यार्थीहरुलाई बोलाएर धेरै प्रशिक्षण यो विषयमा दिएका छौं । पालिकाको हरेक चौक चौराहामा जनचेतना दिने कार्य पालिकाबाट भएको छ । भविष्यमा पनि जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिन्छौं ।
कसरी यूवाहरु लागुऔषध दुव्र्यसनमा लाग्दैन ? त्यो विषयमा हामी सिरहा जिल्लाकै सबै पालिका प्रमुखको मिटिङ्ग हुन्छ । त्यति खैर यो विषयम चिन्ता राख्नु पर्ने विषय हो । मलाई लाग्छ हामीेले लागुऔषधमा लागेका यूवाहरुलाई जो विराटनगर या अरु ठाउँमा पठाउँछौं, त्यो नपठाएर जिल्लामै सबै पालिकाहरुले मिलेर व्यवस्थापन गर्नुपर्छ । पत्रकार मित्रहरुलाई पनि मेरो आग्रह छ– तपाईहरु पनि यसमा साथ सहयोग दिएर लागुऔषधको दुव्र्यसन रोक्नुपर्छ । वास्तबमा भोलीको भविष्य भनेको यूवा हो । लागुऔषध दुव्र्यसनमा फसेका यूवाहरुलाई बचाउनुपर्छ ।