कमलामा नयाँ पुल निर्माण गर्न आज इन्जिनियरहरु मधेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने


सिरहा । धनुषा–सिरहा जोड्ने कमला नदीमा नयाँ पुल निर्माण गर्नुपर्ने माग राख्दै इन्जिनियरहरुले गठन गरेको संघर्ष समितिले आज मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाउन लागेको छ ।

इन्जिनियर, सिरहा सदरमुकामका बुद्धिजिवि, युवा र केहि जनप्रतिनिधिको टोली मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन जनकपुरधाम जान लागेका हुन् । उनीहरुले माग पुरा गर्न मुख्यमन्त्रीलाई १५ दिने अल्टिमेटम दिने बुझिएको छ ।

संघर्ष समितिले साउन २४ मा सिरहा सदरमुकाममा प्रदर्शन गरेको थियो । आज मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र १५ दिनभित्र मधेश सरकार नयाँ पुल बनाउन तयार नभए मुख्यमन्त्री कार्यालयमा आमरण अनसन बस्ने संघर्ष समितिले जनाएको छ ।

कमला नदीमा ०६८ मा पुल निर्माण सुरु भयो । १० वर्ष लगाएर पुलको करिब ९९ प्रतिशत काम पुरा गरियो । तर सामान्य बाढीमै पुलको तीन वटा पिलर भासियो । भासिएको पुल अब काम नलाग्ने भएको इन्जिनियरहरुको भनाई छ ।

प्रकाशित : 11 August 2024 9:05 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ