निर्मला मृत्यु प्रकरणः आरोपित मन्त्रीले दिए राजीनामा


बुटवल । बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेका लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् ।

कुर्मी आबद्ध पार्टी नेपाली कांग्रेसलाई नागरिक समाजबाट तत्काल बर्खास्त गर्न दबाब बढेपछि कुर्मीले मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा दिएका हुन् । राजीनामा अझै स्वीकृत भने भएको छैन ।

बाँके क्षेत्र नम्बर ३ (ख)बाट निर्वाचित कुर्मी राजनीतिक पहुँचको आधारमा कारबाहीबाट जोगिँदै आएर मन्त्री समेत बनेका थिए ।

उता महिला अधिकारकर्मीहरूले मन्त्री कुर्मीलाई बर्खास्त गर्न माग गर्दै काठमाडौं अधिकारकर्मी रुबी खानले आन्दोलन जारी राखेकी छिन् ।​

निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप मन्त्री कुर्मीमाथि छ । उनी विगतमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

कुर्मी लुम्बिनीको एमाले कांग्रेस मिलेर चेतनारायण आचार्यको नेतृत्वको सरकारमा उनी दोस्रो वरीयतामा थिए ।

प्रकाशित : २०८१ भाद्र २५, मंगलवार १९:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ