माध्यमिक तहको ३६८ शिक्षकका लागि जागिर खुल्यो


काठमाडौं । शिक्षक सेवा आयोगले ठूलो संख्यामा माध्यमिक तहका लागि शिक्षक माग गरेको छ।

आज (आइतबार) सूचना जारी गर्दै आयोगले तीनसय ६८ जना शिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।

एक महिने म्याद राखेर विभिन्न विषयको माध्यमिक तह, तृतिय श्रेणीका शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको लागि दरखास्त खुला गरिएको आयोगले जनाएको छ ।

तोकिएको न्यूनतम गोग्यता पुगेका इच्छुक उम्मेदवारले आयोगको आधिकारिक अनलाईन प्रणालीबाट दरखास्त दिनसकिने विज्ञापनमा उल्लेख छ ।

 

प्रकाशित : 12 January 2025 10:08 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ