एप्पलले फोल्डेबल आइफोन ल्याउँदै !

एप्पलले फोल्डेबल आइफोन ल्याउने भएको छ । यो मोडलले सामसङ, ओपो र हुवावे लगायतका स्मार्टफोनलाई टक्कर दिने भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

उक्त आइफोनमा ७.७४ इन्चको डिस्प्ले हुनेछ । ठूलो डिस्प्ले डिजाइन गरिएकाले आइप्याड जसरी अनफोल्ड हुनेछ । यो आइफोन आगामी वर्ष सार्वजनिक हुनसक्ने अनुमान लगाइएको छ ।

कम्पनीले भने अहिलेसम्म फोल्डेबल आइफोन सार्वजनिक गर्ने योजनाबारे घोषणा भने गरेको छैन तर पेटेन्ट भने लिएको छ ।

प्रकाशित : 23 February 2025 6:09 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !