महोत्तरीमा जनमत पार्टीले डाक्यो केन्द्रीय समिति बैठक


काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । यही २५ र २७ गते बस्नेगरी बैठक बोलाएको प्रवक्ता शरद यादवले बताए ।

बैठकमा महोत्तरीस्थित पावन मिथिला होटेल बर्दिवासमा बस्नेछ । केन्द्रीय समितिको बैठकलगत्तै मधेश प्रदेशको प्रदेश समन्वय समितिको बैठक बस्ने उनले बताए ।

बैठकमा पछिल्ला समसाययिक राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीतिलगायतको बिषयमा छलफल हुने जनाइएको छ ।

पछिल्लो समय जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने चर्चा चलिरहेको बेलामा बस्न लागेको बैठकमा त्यसबारे पनि छलफल हुने जनाइएको छ ।

प्रकाशित : २०८१ फाल्गुन १९, सोमबार १३:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ