प्रधानमन्त्री ओलीसहित सबै मन्त्री फेल भइसके, पदमा बस्ने नैतिकता छैन : प्रभु साह


काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं संघीय सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन माग गरेका छन् ।

उनले सरकारकै संयन्त्रले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन (अर्धवार्षिक रिपोर्ट कार्ड) मा प्रधानमन्त्री ओली आफै फेल भएको बताए । उनले फेल भएको ओलीको पदमा बस्ने नैतिकता नभएको जिकिर गरे ।

‘देशको नेतृत्वकर्ता नै फेल भएपछि देश कसरी उँभो लाग्छ ? कार्यसम्पादन मूल्यांकनमा उहाँ आँफै फेल हुनुभयो, लाजमर्दो कुरा त के छ भने उहाँको क्याबिनेटमा आधाभन्दा बढि मन्त्रीहरू नै फेल भएका छन्,’ उनले भने, ‘यो फेलियरहरूको सरकार पुष्टि भैसक्यो, अनि कसरी देशमा सुशासन र विकास हुन्छ त ?’

प्रधानमन्त्री ओलीसहित १२ जना मन्त्रीको कार्यसम्पादन रिपोर्टअनुसार ३५ प्रतिशत अंक आएको छैन् । प्रधानमन्त्री ओलीको जम्मा २८ प्रतिशतमात्रै अंक पाएका थिए ।

सांसद साहले अहिलेको सरकार सबै मोर्चामा असफल भएको र स्वयम् प्रधानमन्त्री ओलीमा सरकारको नेतृत्वमा निरन्तरताको विषय नैतिक संकटमा परेको टिप्पणी गरेका छन् ।

प्रकाशित : २०८१ फाल्गुन १९, सोमबार १७:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ