सोनापडामा पूर्वमन्त्री अरगरिया र एमाले नेता झाद्वारा कृषि सडकको शिलान्यास


जनकपुरधाम । धनुषाको कमला नगरपालिका ८ अन्तर्गत सोनापडामा सिचाई कृषि सडकको एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरिया र केन्द्रीय सदस्य सन्जिब झाले मंगलबार सिचाई कृषि सडकको शिलान्यास गरेका हुन् । सो अवसरमा पूर्वमन्त्री अरगरियाले आफूले जनताको सेवा गर्ने अवसर पाएको र क्षेत्रको अनुहार फेर्छु बताए ।

क्षेत्रको विकासका लागि मैले प्रतिवद्धता गरे अनुसार अगाडि बढने जानकारी दिए । क्षेत्रमा समेत कृषिलाई विशेष प्राथमिकता दिईने उनले बताए । सिचाई र सडकले कृषकलाई सहज हुने र कृषि क्षेत्रको विकासमा समेत टेवा धारणा राखे ।

कार्यक्रममा क्षेत्रीय अध्यक्ष जयप्रकाश सुनरैत, कमला नगरपालिका नगरअध्यक्ष दिपेन्द्र यादव, वडाध्यक्ष छठु मण्डल, वडाध्यक्ष तनुकलाल कुसयैत, एकवाल यादव, जीतनारायण यादवको उपस्थिति रहेको थियो ।

प्रकाशित : 5 March 2025 8:16 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !