कुलमानलाई हटाउने अन्तिम अस्त्र- मन्त्रिपरिषद्ले सोध्यो स्पष्टीकरण


काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत स्पष्टीकरण सोध्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङबीच विवाद हुँदै आएको छ ।

यसअघि ऊर्जामन्त्री खड्काले १३ फागुनमा २४ घण्टामा जवाफ पेस गर्न भन्दै घिसिङलाई दुईबुँदे स्पष्टीकरण सोधेका थिए । उनले १५ फागुनमा स्पष्टीकरण बुझाएका थिए ।

 

प्रकाशित : 6 March 2025 7:28 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !