सिरहामा भारतीयलाई नेपाली नागरिकता- नक्कली बुवा अमानत पक्राउ


जयनाथ यादव / सिरहा । नक्कली बुवा बनेर भारतीय नागरिकलाई नागरिकता बनाइदिएको आरोपमा सिरहामा एक व्यक्ति पक्राउ परेका छन् ।

नक्कली बुवा बनेका नरहा गाउँपालिका ३ का अमानत मिञालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई मंगलबार पक्राउ गरेको र थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए ।

भारत विहार राज्यको मधुवनी जिल्ला जयनगर ग्रामपञ्चायत देउधा टोलका मोसताक मियाँले जिल्ला प्रशासन कार्यालयबाट ०८० असार २६ मा नेपाली नागरिकता बनाएका हुन् । मोसताकको बुवा पक्राउ परेका अमानत बनेको बताइएको छ ।

मोसताकलाई नेपाली नागरिकता बनाउन नरहा गाउँपालिका ३ का वडाध्यक्ष रुस्तम अन्सारी र वडासचिव रामदेव मण्डल पनि आर्थिक चलखेल गरेको आरोप छ ।

स्रोतका अनुसार वडाध्यक्ष र वडासचिवलाई समेत प्रहरीले पक्राउ गर्ने तयारी गरेका छन् ।

प्रकाशित : २०८१ चैत्र ६, बुधबार ११:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ