लहानमा दुई करोड बढीको लागतमा नयाँ बजार निर्माण हुने


सिरहा । लहान नगरपालिका ५ स्थित नयाँ बजार निर्माणका लागि आज मेयर महेश चौधरीद्वारा शिलान्यास भएको छ ।

बाबा निर्माण सेवाले भ्याट बाहेक २ करोड २९ लाख ७४ हजार ५२० रुपैयाँ ठेक्का पाएका छन् । ०८३ असार २० सम्ममा निर्माण सम्पन्न हुने जनाएको छ । पहिलो चरणमा तीन वटा ब्लकमा दुई तल्ले ७२ वटा सटर निर्माण हुनेछ ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष अब्दुल करिम, उद्योग वाणिाज्य अध्यक्ष विकास शारदा, कांग्रेस नेता अरुण केसी, बजार समिति अध्यक्ष राजकुमार साहलगायतको उपस्थिति थियाे ।

प्रकाशित : २०८१ चैत्र ११, सोमबार १३:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ