सीके राउतको आरोप- दिपक साह राजा-महाराजा बन्न खोजे, निलम्बन गरियो


काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले उपाध्यक्ष दिपककुमार साहलाई निलम्बन गरेको छ ।

अनुशासन समितिका संयोजक समेत रहेका साहलाई ६ महिनाका लागि निलम्बन गरिएको हो । उनीमाथि पार्टी अनुशासनविपरीत कार्य गरेको आरोप छ ।

साहलाई पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको कारणले निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

उपाध्यक्ष तथा अनुशासन समिति संयोजक नरेन्द्रप्रसाद चौधरी र सचिव अनिता कुमारी मण्डलले लेखेको पत्रमा भनिएको छ, ‘स्पष्टीकरण सोध्नेबित्तिकै मलाई स्पष्टीकरण सोध्ने भन्दै तपाईँ० सबै ऐन कानूनभन्दा माथि कुनै राजारमहाराज भएजस्तो आचारण देखाउनुभयो । फेसबुकसहितका सामाजिक सञ्जालमा पार्टी र अध्यक्षविरुद्ध लेख्न लगाउनुभयो । सामाजिक सञ्जालमा विरोधीहरूले देखेको कुरालाई आफैँलाई नोट लेख्दै त्यस्तो काम गर्नेलाई धन्यवाद दिँदै शेयर गर्नुभयो ।’

पत्रिकामा पार्टी र अध्यक्षविरुद्ध अन्तर्वार्ता दिनुका साथै कार्यकर्तालाई फोन र म्यासेज गरेर गुटबन्दी गरेको उनीमाथि आरोप छ ।

प्रकाशित : २०८१ चैत्र २२, शुक्रबार १५:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ