अम्बेडकर पार्कको पक्षमा सीके राउतले लेखेको स्टाटसमा व्यापक विरोध


लहान । सिरहाको लहानस्थित सलहेश फूलवारी नजिकै भारतीय नेता भीमराव अम्बेडकरको पार्क निर्माणको पक्षमा स्टाटस लेखेपछि जनमत पार्टीका अध्यक्ष सीके राउतको व्यापक विरोध भइरहेको छ ।

वैशाख १५ मा सलहेश फूलवारीसंगै टाँसिएको जग्गामा अम्बेडकर पार्कको शिलान्यास मधेसका मुख्यमन्त्री सतिश सिंह र सीके राउतले गरेका थिए । राजा सलहेशको इतिहास ओझेलमा पार्ने षड्यन्त्रमा सीके राउत लागेको भन्दै विरोध भयो ।

मधेस सरकारले अम्बेडकर पार्कका लागि ८० लाख रुपैया बजेट छुट्याएको छ। पार्क निर्माण नीजि जग्गामा भइरहेको जनमत पार्टीका नेता कार्यकर्ताहरुले दावी गरेका छन् । १० धुर जग्गा भने जीतेन्द्र सिंह धामीले दान गरेका छन् । अचम्म के भने सिंहले आफू अम्बेडकर पार्क निर्माण गर्न जग्गा दान नगरेको स्पष्ट पारिसकेका छन् ।

सिंहको धारणा सार्वजनिक भएपछि सीके राउतमाथि नैतिक प्रश्न खडा भएको छ । राउतले जग्गा दान वन कार्यालयको नाममा दिन लगाए तर अम्बेडकर पार्क निर्माण गर्ने भनेर जानकारी गराएनन् । झुठो बोलेर दान गर्न लगाएको जग्गामा अम्बेडकर पार्क निर्माण गर्न खोज्दा सीके राउत आफै नाङ्गिएका छन् ।

यतिमात्र होइन्, अम्बेडकर पार्क निर्माणका लागि नक्सा पास समेत नगराएको खुलेको छ । त्यसैले पनि पार्क निर्माण विवादमा परेको छ । यद्यपि सीके राउतले अम्बेडकर पार्क निर्माण गर्ने खालको स्टाटस सचिवालय पेजमा लेखेपछि कमेन्टमा विरोधको वर्षा भइरहेको छ । उनको पोस्टमा कमेन्ट गरेका अधिकतरले ‘अम्बेडकर पार्क’ निर्माणको विरोध गरेका छन् ।

कतिपयले दलिल-दलितलाई लडाउन र राजा सलहेशको इतिहास ओझेलमा पार्न सीके राउत लागेकोमा कडा आपत्ति जनाएका छन् । सुनिल कुर्मीले लेखेका छन्, ‘सीके राउत पनि ढोंगी हुन् । जातीय राजनीति गर्दैछ ।’

देवकान्त चौधरीले लेखेका छन् –

सि.के. राउतले नेपालको तराई भूभाग विभाजन गरेर छुट्टै राज्यको अवधारणा ल्याएर नेपाललाई विखण्डन गरेर भारतलाई सुम्पिने सोच अनुसार सदियौं देखि पौराणिक इतिहास बोकेको सलहेस फूलबारीको नामले स्थापित सलहेस गहवरको आसपासमा भिमराव अम्बेडकर पार्क के को लागि ? अम्बेडकर पार्क किन चाहियो। नेपालको सन्दर्भमा भारतीय अम्बेडकर के गरे। मधेश प्रदेशको मुख्यमन्त्री मा. सतिश कुमार सिंहले भारतको आधारशिला खडा गर्न खोजेकै हो त ? यसको लागि सबैले घोर विरोध गर्नैपर्छ। अमेरिकी दलाल र भारतीय गुलामको घोर विरुद्धको साथै पार्क चाहिँदैन ।

अन्य कमेन्टहरु हेर्नुहोस् –

प्रकाशित : २०८२ बैशाख २१, आईतवार ०७:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ