अम्बेडकर पार्कको पक्षमा सीके राउतले लेखेको स्टाटसमा व्यापक विरोध


लहान । सिरहाको लहानस्थित सलहेश फूलवारी नजिकै भारतीय नेता भीमराव अम्बेडकरको पार्क निर्माणको पक्षमा स्टाटस लेखेपछि जनमत पार्टीका अध्यक्ष सीके राउतको व्यापक विरोध भइरहेको छ ।

वैशाख १५ मा सलहेश फूलवारीसंगै टाँसिएको जग्गामा अम्बेडकर पार्कको शिलान्यास मधेसका मुख्यमन्त्री सतिश सिंह र सीके राउतले गरेका थिए । राजा सलहेशको इतिहास ओझेलमा पार्ने षड्यन्त्रमा सीके राउत लागेको भन्दै विरोध भयो ।

मधेस सरकारले अम्बेडकर पार्कका लागि ८० लाख रुपैया बजेट छुट्याएको छ। पार्क निर्माण नीजि जग्गामा भइरहेको जनमत पार्टीका नेता कार्यकर्ताहरुले दावी गरेका छन् । १० धुर जग्गा भने जीतेन्द्र सिंह धामीले दान गरेका छन् । अचम्म के भने सिंहले आफू अम्बेडकर पार्क निर्माण गर्न जग्गा दान नगरेको स्पष्ट पारि