आदिल आलम अब राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल खेल्न पाउने


काठमाडौं । नेपालका फास्टबलर अलराउन्डर मोहम्मद आदिल आलमको प्रतिबन्ध फुकुवा भएको छ ।

२०७९ को पुसमा भएको फ्रेन्चाइज लिग नेपाल टी– २० लिगमा खेलेको बेला उनी म्याच फिक्सिङमा मुछिएका थिए । त्यसपछि उनीमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै खेल खेल्न प्रतिबन्ध लागेको थियो । सो प्रतिबन्धका कारण उनी करिब तीन वर्ष आधिकारिक क्रिकेटबाट टाढै रहे ।

सो म्याच फिक्सिङ प्रकरणमा उनी यसअघि नै निर्दोष ठहर भएका थिए । तर, प्रतिबन्ध फुकुवा गर्न समय लागेको हो । नेपाल क्रिकेट संघ ९क्यान० का प्रवक्ता छुम्बी लामाले उनको प्रतिबन्ध फुकुवा भएकाले अब उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउने बताए ।

ईश्वरबाबु कार्कीको नेतृत्वमा रहेको एन्टी करप्सन युनिटले उनको प्रतिबन्ध फुकुवा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एन्टी करप्सन युनिटसँगको सबै प्रक्रिया पूरा गरी क्यानअन्तर्गत रहेको कार्की नेतृत्वको युनिटले उनको प्रतिबन्ध फुकुवा गरेको हो ।

यो प्रतिबन्धका कारण आलमले एनपीएललगायत महत्वपूर्ण प्रतियोगिताहरू गुमाएका थिए । उनी फास्ट बलिङ अलराउन्डर हुन् । राष्ट्रिय टिमबाट खेलिसकेका उनीमाथिको प्रतिबन्धले टिमको सन्तुलनमा समस्या ल्याएको थियो ।

आधिकारिक क्रिकेटमा प्रतिबन्ध लागे पनि आलमले भारतका विभिन्न स्थानमा हुने स्थानीयस्तरका क्रिकेट प्रतियोगिता भने खेलिरहेका थिए ।

प्रकाशित : २०८२ बैशाख २२, सोमबार १८:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ