भयानक कार दुर्घटनामा परेका इन्डियन आइडल विजेता पवनदीपको अवस्था गम्भीर


नयाँ दिल्ली । इन्डियन आइडल सिजन–१२ का विजेता तथा गायक पवनदीप राजन सोमबार कार दुर्घटनामा परेका छन् ।

सोमबार बिहान ३ः४० बजे अमरोहामा भएको सो दुघर्टनामा उनलाई गम्भीर चोट लागेको बताइएको छ ।

सामाजिक सञ्जालमा गायकको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी गम्भीर अवस्थामा देखिएका छन् । डाक्टरहरूले उनको उपचार गरिरहेको भनिएको छ ।

पवनदीप राजन परेको दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ । तर भिडियोमा पवनदीपको बायाँ खुट्टा र दाहिने हातमा चोट लागेको देखिन्छ ।

यो खबरपछि, प्रशंसकहरू उनको स्वास्थ्यको बारेमा चिन्तित भएका छन् । दुर्घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

को हुन् पवनदीप राजन ?

पवनदीप राजन उत्तराखण्डको चम्पावत जिल्लाका बासिन्दा हुन् । उनका बुबा सुरेश राजन, आमा सरोज राजन र बहिनी ज्योतिदीप राजन कुमाउनी लोक कलाकार हुन् । पवनदीपको संगीत यात्रा २०१५ मा द भ्वाइस इन्डियामा उनको जितसँगै सुरु भएको थियो ।

त्यसपछि उनले इन्डियन आइडल १२ जिते । पवनदीपले इन्डियन आइडल १२ को ट्रफीसँगै कार र २५ लाख रुपैयाँ पुरस्कार राशि पाएका थिए । फाइनलमा उनले अरुणिता कान्जिलाल, मोहम्मद दानिश, सायली काम्बले, निहाल टोरो र शनमुख प्रिया सँग प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : २०८२ बैशाख २२, सोमबार १८:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ