भारतीय अभिनेत्री नोरा फतेही नेपाल आएपछि…


चर्चित भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेही नेपाल आएकी छन् ।

आज बेलुका हुने ‘नोरा फतेही लाइभ इन नेपाल’का लागि उनी शनिबार बिहान काठमाडौं आइपुगेकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई पञ्चेबाजाले स्वागत गरिएको थियो । काठमाडौं ओर्लिएसंगै सञ्चारकर्मीसँगको कुराकानीमा उनले पहिलोपटक नेपाल आउन पाउँदा खुसी लागेको बताइन् ।

बेलुका बौद्धस्थित हायात ग्राउन्डमा हुने यो कन्सर्टमा नोरासँगै नेपाली कलाकारहरूले पनि एउटै स्टेजमा प्रस्तुति दिँदैछन् ।

नेपाली कलाकारहरूमा गायक दुर्गेश थापा, नृत्यांगना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र ुभ्वाइस अफ नेपालु सिजन ६ का विजेता प्रोशेस पाण्डेसहित उत्कृष्ट ५ भित्र पर्न सफल प्रतिस्पर्धी इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य र प्रमेश राईले प्रस्तुति दिने तयारी छ ।

नोरा फतेही र दुर्गेशलाई ‘दुश्मन हेरेको हेर्‍यै’ गीतमा संगै स्टेज सेयर गराउने छ।

प्रकाशित : २०८२ जेष्ठ ३, शनिबार १८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ