सप्तरीमा चट्याङ खस्दा ७ वर्षीया बालिकाको मृत्यू, बालक घाईते


राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलबास्थित कोशी नदीको बगरमा चट्याङ पर्दा एक जना बालिकाको मृत्यु भएको छ भने एक जना बालक घाइते भएका छन् ।

बगरमा खरभुजा खेती गर्न अस्थायी टहरमा बस्दै आएका भारतको उत्तर प्रदेश सामली जिल्लाका केरना पञ्चायत बस्ने जाहिद खानकी ७ वर्षीया छोरी जैनब खातुनको मृत्यु भएको हो ।

शनिबार बिहान टहरा रहेको क्षेत्रमा चट्याङ पर्दा जैनब बेहोस भएकी थिइन् । उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याउँदासम्म उनको मृत्यु भइसकेको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

सोही ठाउँमा बस्दै आएका केरना पञ्चायतकै गुलु खानका ७ वर्षीय छोरा जुविर पनि चट्याङको आवाजले आत्तिएर भाग्न खोज्दा घाइते भएका छन् । उनको छिन्नमस्ता अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८२ जेष्ठ ३, शनिबार १८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ