सप्तरीमा डकैती– घरधनी चौधरीको गोली हानी हत्या


लहान । सप्तरीको सुरूङा नगरपालिका ८ मा डकैतहरुको समूहले लुटपाट गर्नुका साथै घरधनी कन्तलाल चौधरीको हत्या गरेका छन् । अन्दाजी ५० वर्षीय चौधरीको गोली हानेर हत्या गरेका हुन् ।

गएराति ५/६ जनाको हतियारधानी समूहले चौधरीको घरमा डकैती गर्न पुगेका थिए । घरधनी चौधरी प्रतिकार गर्दा डकैतहरुले धारिलो हतियार र गोली हानेर उनको हत्या गरेको बताइएको छ ।

प्रहरीका अनुसार कन्तलालका भाई रमाकान्त चौधरी घाईते भएका छन् । डकैतकै आक्रमणमा घाईते उनको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : २०८२ जेष्ठ २३, शुक्रबार ०८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ